काठमाण्डौ। लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले आज मंसिर १९ गतेदेखि थप पाँच शाखाहरु सञ्चालनमा ल्याएको छ।

बैंक आजबाट काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका–६ नयाँबानेश्वर चोकमा ७३ औँ शाखा, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–५  मणिग्राममा ७४ औँ शाखा, नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ बर्दघाटमा ७५ औँ शाखा, दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५ बीपीचोकमा ७६ औँ शाखा र बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ साझाचोकमा ७७ औँ शाखा सञ्चालनमा ल्याएको हो। नयाँ बानेश्वर शाखाको उद्घाटन बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अञ्जु कुमारी गुप्ताले सयुंक्त रुपमा गरे। 

बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल र बैंकका सञ्चालक केशव खतिवडाले सयुंक्त रुपमा गरेका छन्। मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिहं बोहराले सयुंक्त रुपमा गरेका छन्। 

घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरेका छन्।

यसैगरी कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रुपमा गरेका छन्। 

हाल बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखा मार्फत ७७ अर्ब रुपैयाँको व्यवसाय गरिरहेको छ।  

बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटीएमबाट आफ्ना करिब ३ लाख ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।