काठमाण्डौ। लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ। 

यस सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।  

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। 

लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखा र १७ वटा एटीएमबाट आफ्ना करिब ३ लाख ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।