काठमाण्डौ । लुम्बिनी विकास बैंकले २६ औँपटक सगरमाथाको आरोहण गर्न लागेका विश्व कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा का लागि शुभकामना कार्यक्रमको आयोजना गरेको छ। 

विश्वको सर्वाेच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका शेर्पाले २६ औँ पटक पुनः आरोहणका लागि प्रस्थान गर्न लागेका छन्। उनको सफल आरोहणका लागि बैंकले समेत सहकार्य गर्दै लुम्बिनी विकास बैंकको लोगो अंकित झन्डा बैंकका अध्यक्ष दशरथ रिसालले शेर्पालाई हस्तान्तरण गरेका छन्। 

शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आबद्घ छन्। उनको यो कीर्तिमानी आरोहण आफ्ना लागिमात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालका लागि आफूले सगरमाथा २६ औँ पटक आरोहण गर्न लागेको जानकारी दिए। उनको यस कार्यले लुम्बिनी विकास बैंकका साथै सम्पूर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ।