काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले काठमाण्डौ र नुवाकोटमा थप दुई नयाँ शाखा विस्तार गरेको छ।
काठमाण्डौको कलंकी र नुवाकोटको विदुरस्थित बट्टार बैंकले शाखा विस्तार गरेको हो। यी दुवै शाखाको उद्घाटन आज एक कार्यक्रमबीच गरिएको छ।
कलंकी शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले र बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा गरेका छन्।
यी शाखासँगै बैंकको देशभर ७ वटै प्रदेशमा ८१ वटा शाखा पुगेको छ। निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा, बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको बाणीसमेत गरी थप ५ शाखा खोल्ने तयारी भइरहेको बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19