काठमाण्डौ। लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले आज जेठ १२ गते एकैदिन थप ३ शाखाहरुको उद्घाटन गरेको छ।

नयाँ खोलिएका शाखामा ८४औँ शाखाका रुपमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नं. २ स्थित बाणी शाखा,  ८५औँ  शाखाका रुपमा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. १ स्थित लम्की  शाखा र ८६औँ शाखाको रुपमा कैलाली जिल्ला गौरीगंगा नगरपालिका वडा नं. ७ स्थित मसुरिया  शाखा छन्।

बैंकको बाणी शाखाको उद्घाटन बैंक सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हेमराज ओझाले संयुक्त रुपमा गरेका छन्। 

लम्की शाखाको उद्घाटन बैंकका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुशिला शाही र उद्योग वाणिज्य संघ लम्कीचुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईले संयुक्त रुपमा गरेका छन्। 

यसैगरी मसुरिया शाखाको उद्घाटन बैंकका सञ्चालक केशव खतिवडा र गौरीगंगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देविदत्त कँडेलले संयुक्त रुपमा गरेका छन्। 

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकको आज थप ३ नयाँ शाखाहरुको उद्घाटन भएसँगै सुदूरपश्चिम प्रदेशमा समेत बैंकको राम्रो उपस्थिति भएको छ। ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।