भैरहवा। लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७५० रुपैयाँबराबरको मेडिकल उपकरण (आँखामा प्रेसर नाप्ने मेसिन) हस्तान्तरण गरेको हो।
सोमबार एक कार्यक्रमका बीच बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष राणाले बेलाबखत विभिन्न बैंकबाट हुने सहयोगले अस्पताललाई ठूलो राहत मिलेको बताए। उनले आगामी दिनमा पनि लुम्बिनी विकास बैंकबाट सहयोग हुने अपेक्षा गरे।
अध्यक्ष राणाले आँखासम्बन्धी समस्या भए त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने बताए। उनले आँखाजस्तो संवेदनशील कुरालाई निदान गर्नेतर्फ अगाडि बढे निश्चित रुपमा राम्रो उपचार हुने बताए। ‘हामीलाई धेरै महंगो उपकरण खरिद गर्न बडो ग्राहो छ, यो नाफा लिने नभइ सेवामूलक संस्था हो, त्यसकारण हामी निजी अस्पतालको तुलनामा निश्चित रुपमा यो अस्पतालको आर्थिक अवस्था कमजोर छ’, उनले भने।
उनले विभिन्न किसिमका उपकरणलाई आजको आधुनिक समयअनुसार परिपूर्ति गर्न आवश्यक रहेको बताए। आँखासम्बन्धी रोगको निदानका लागि नेपाल नेत्र ज्योति संघले राष्ट्रव्यापी रुपमा जिम्मेवारी पाएको र त्यो जिम्मेवारी निर्वाह गर्नका लागि निश्चित रुपमा अगाडि बढेको उनको भनाइ थियो।
बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले सेवाको भावनाले उत्पे्ररित भएको अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए। उनले आगामी दिनमा पनि अस्पतालसँगको सहयात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
बैंकले नाफा कमाउने उद्देश्यमात्र नराखी संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि अगाडि बढाएको उनको भनाइ थियो। बैंकले ८६ वटा शाखामार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको खनालले जानकारी दिए।
अस्पतालका निमित्त चिफ मेडिकल डाइरेक्टर सह–प्राध्यापक डा. कविन्द्र बज्राचार्यले अस्पताललाई सबै आवश्यक उपकरण किन्न नसक्ने आवश्यकता रहेकोमा अवस्थामा बैंकले सहयोग गर्नु सरहानीय रहेको बताए। उनले सेवाको लागि अगाडि बढेको अस्पताललाई बैंकले दान गरेर ठूलो सहयोगको काम गरेको बताए। उनले बैंकको कार्यबाट प्रेरित भएर अन्य संघ–संस्थाले पनि अस्पताललाई सहयोग गर्ने बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago