काठमाण्डौ । लुम्बिनी विकास बैंकले पोखरास्थित अन्नपूर्ण केबलकारमा आफ्ना ग्राहकलाई केबलकार सेवामा छुट दिनको लागि सम्झौता गरेको छ।
सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी अन्नपूर्ण केबलकारको टिकट लिएबापत भुक्तानी गर्दा १०% छुट प्रदान गर्नेछ। पोखराको सेदीदेखी सारङकोटसम्म सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको कम्पनीले जनाएको छ।
बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखामार्फत कारोबार गर्दै आएको छ। ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19