काठमाण्डौ । कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई आफ्नो २६औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वर्ल्ड रेकडर्र्समा लेखाउन सफल भएकोमा  बैंकले आफ्नो १५ औँ बार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ।

लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि ‘निरन्तर सहयात्रा’ गर्दै आएका पर्वतारोही शेर्पालाई बैंकले सम्मानपत्र प्रदान गरेको हो। सम्मानपत्र बैंकका अध्यक्ष दशरथ रिसालले बैंकको केन्द्रीय कार्यालयमा एक समारोहका बीच प्रदान गरे। 

कीर्तिमानी पर्वतारोही रिता शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आबद्घ छन्। उनको यो कीर्तिमानी आरोहण आफ्ना लागिमात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालका लागि आफूले सगरमाथा २६ औँपटक आरोहण गरेको जानकारी दिए। उनको यस साहसिक कार्यले लुम्बिनी विकास बैंकका साथै सम्पूर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ।

हाल बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखामार्फत कारोबार गर्दै आएको छ। बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

आफ्ना ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ।