काठमाण्डौ । सनराइज बैंक लिमीटेड तथा नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा परामर्श केन्द्रका सम्पूर्ण सदस्यहरुलाई लक्षित गरी आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम विश्वव्यापी महामारी कोभिड १९ का बाबजुद अनलाईन वेभनारमार्फत सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले आ.ब. २०७७/७८ को लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समयसिमाका बारेमा चार्टड एकाउन्टेण्ट तथा करविज्ञ अरुण राउतले अनलाईन वेभनार मार्फत प्रदान गरेका थिए ।
शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा कर सम्बन्धी विभिन्न समस्याहरुको निदानको बारेमा राउतले प्रकाश पारेका थिए ।
कार्यक्रमलाई परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायत वरिष्ठ पदाधिकारीहरुद्वारा वेभनारमार्फत जोडिएका धेरै सदस्यहरुले उठाएका लेखा तथा कर सम्बन्धी जिज्ञासाहरुको व्यवहारिक समाधानको बारेमा प्रकाश पारिएको थियो । साथै यस सम्बन्धी कार्यक्रमको भिडियो रेकर्ड युट्युव च्यानलमा राखी सबै सदस्य तथा सरोकारवालाहरुकोलाई लाभान्वित बनाइने बैकले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19