काठमाण्डौ । नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको सोरुम भ्रमण गर्दासमेत ‘सलमान खान शो’को टिकट पाउन सकिने भएको छ। त्यसैगरी एकजनाले लेभ्निङ इलेक्ट्रिक स्कुटरसमेत पाउने सम्भावना छ।
नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिारिक वितरक बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो। यो स्किमअनुसार लेभ्निङका कुनै पनि शोरुम भिजिट गर्दा लक्की ड्रमार्फत २ वटा सलमान खान शोको टिकट पाउन सकिनेछ भने बम्परमा एकजनाले सो इलेक्ट्रिक स्कुटर पाउने छन्। शोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नुपर्नेछ।
आगामी मे २८ अर्थात जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘टुबोर्ग द–बङ द टुर– रिलोडेड’ नामक सलमान खान शोलाई लक्ष्यित गरी यो स्किम ल्याएको बताइएको छ।
नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन्। बज्र ग्रुपले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ। लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरणका लागि यसका देशभर ५०० भन्दा बढी दक्ष कर्मचारीको समूह छ। १० भन्दा बढी डिलर र ७ भन्दा बढी सर्भिस प्वइन्टमार्फत यसले सेवा प्रदान गरिरहेको छ।
चीनको सांघाईदेखि १६० किलोमिटर टाढा रहेको जियाङसु प्रान्तको चाङझाउ सहरमा अवस्थित लेभ्निङ ई–बाइकको स्थापना सन् १९९९ मा भएको थियो। लेभ्निङ ई–बाइकले नै लेभ्निङ कम्पनीको स्थापना गरेको थियो। यो चीनको तेस्रो सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी हो। यो दुईपांग्रे सवारीका सबै रेन्ज प्रदान गर्ने एकमात्र कम्पनी हो र वार्षिक रुपमा ३० लाख युनिट सवारी साधन उत्पादन गर्छ।
त्यसैगरी यो कम्पनीका उत्पादन विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छन् र यसरी निर्यात गर्ने दोस्रो ठूलो कम्पनी हो।
ग्राहक सन्तुष्टिका आधारमा यो कम्पनीले पहिलो स्थान हासिल गरेको छ र जेडी पावरद्वारा यसका लागि ४ पटक पुरस्कृत भइसकेको छ। चीनमा यो कम्पनीका ५ हजार भन्दा बढी आउटलेट संचालित छन्।
नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन्। यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ।
काठमाण्डौ उपत्यकाको नक्साल, भैसेपाटी र बाफल, पाटनका साथै उपत्यका वाहिर धनगढी, पाल्पा, पोखराका साथै नेपालका २० वटा नयाँ सहरमा चाँडै नयाँ शोरुम सञ्चालनमा आउँदैछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago