काठमाण्डौ । नेपालको पुरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज सोमबारबाट पुनः नयाँ ढंगबाट बजारमा आएको छ।
हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो। तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताले नयाँ स्वादका साथ सेवन गर्न सक्नेछन्।
गोदाबरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एकमात्रै बियर हो। हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ति डिस्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ।
विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो। यसको ६५० एमएलको बोतलको मूल्य २८५ रुपियाँ कायम गरिएको छ। हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमान्डो पनि बजारमा उपलब्ध छ।
यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिनेमा कम्पनी विश्वस्त छ। आइसबर्गको लामो र गौरवमय इतिहासलाई कायम राख्दै पुनः बजारमा नविन ढंगबाट ल्याइएको हो।
कम्पनीले आज विशेष कार्यक्रमको आयोजना गरी आइसबर्गको लन्च गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago