 
                     
                                
                             
                                    काठमाण्डौ । लोकसेवा आयोगले विभिन्न पदका लागि माग गर्ने आवेदनको शुल्क ‘खल्ती’ डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ।
लोकसेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेबसाइटबाटै अनलाइन आवेदन गर्न सकिन्छ। अनलाइनमार्फत पहिलो पटक आवेदन गर्न लोकसेवाको वेबसाइटमा व्यक्तिगत खाता बनाउनुपर्छ। पुराना उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्छन्। त्यसमा अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ। खल्ती छनोट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो। खल्ती वालेटको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ। साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। खल्तीका प्रयोगकर्ताको संख्या १४ लाखभन्दा बढी छन्।
कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?
‘खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ। मोबाइलमा डाउनलोड गर्न गुगल प्लेस्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19