काठमाण्डौ । पहिलो चरणको निर्वाचन भएका जिल्लाहरुको मतगणना भइरहेका अधिकांश क्षेत्रमा बाम गठबन्धनको लहर देखिएको छ । गठबन्धनका लोकप्रिय र शीर्ष नेताहरुका लागि मतदाताले भोटको वर्षा नै गरेका छन् । यही क्रममा पूर्व अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता वर्षमान पुनले करिब दोब्बर मतले अग्रता लिएका छन् । 

स्थानीय पत्रकारहरुका अनुसार रोल्पामा ८ हजार ८ सय ३५ मत गणना हुँदा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुनलाई ५ हजार ५१ मत प्राप्त भएको छ। एनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका अमरसिंह पुनले भने २ हजार ६ सय ४९ मतले पछ्याइरहेका छन् ।

प्रदेशसभातर्फका दुवै सिटमा बाम गठबन्धनकै उम्मेद्वार अगाडि छन् । प्रदेश क मा माओवादी केन्द्रका कुलप्रसाद केसीले १ हजार ८ सय ९४ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसका शेरबहादुर महराले १ हजार ४ सय ९७ मतले पछ्याइरहेका छन् । यस्तै,  प्रदेश ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले ३ हजार ७ सय ११ मत ल्याएका छन् । उनलाई कांग्रेसका खगेन्द्रप्रकाश हमालले ८ सय ६१ मतले पछ्याइरहेका छन् ।