काठमाण्डौ। वाईवाई ग्लोकल टिन हिरो नेपाल–२०२२ को आठौँ संस्करणका लागि आवेदन आज जेठ १७ गतेबाट खुला गरिएको छ। 

यो वर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ।

‘वाईवाई ग्लोकल टिन हिरो’ ग्लोकल प्रालिको एक कार्यक्रम हो। जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु ाझ चिनाउने कार्य गरिन्छ। वाईवाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो, जसले किशोरकिशोरीको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ।

यस उपाधिका माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुआतका लागि थप ऊर्जा प्रदान गरिनेछ। नेपालबाट सन् २०१५ मा सुरु भई काठमाण्डौका किशोरकिशोरीलाई मात्र लक्षित गरेरपछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोरकिशोरीका लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रुपमा आफ्नो कार्य विस्तार गरेको थियो। हालसम्म नेपालका सातजना किशोरकिशोरीलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डियाबाट तीन र श्रीलंक बाट दुईजना सम्मनित भएका छन्। 

यसका साथै २० अण्डर २० छनोट गरेर हालसम्म १४० जनालाई सम्मानित गरिएको छ। ग्लोकल टिन हिरोलाई दक्षिण एसियली राष्ट्रबीच प्रचार गर्ने लक्ष्य ग्लोकलले लिएको छ। 

सेप्टेम्बर १, २०२२ मा वाईवाई ग्लोकल टिन हिरोे नेपाल आयोजना गरिने भएको छ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिनेछ।  

ग्लोकल टिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ। यस वर्ष आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषण लगायतका सम्पूर्ण कार्य भौतिक रुपमा सञ्चालन हुनेछ।

प्रतिभावान किशोरकिशोरीले https://glocalteenhero.com/nepal मार्फत निःशुल्क आवेदन भर्न सक्नेछन्। 

पहिलो चरणमा कुल आवेदनलाई अन्तर्वार्ता र दस्तावेज समीक्षाका आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिनेछ। त्यसपछि उनीहरुको कामको सुरुआत र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दूरदर्शनको मापनका लागि अन्तर्वार्ता हुनेछ र वाईवाई ग्लोकल टिन हिरो नेपाल–२०२२ को विजेता घोषणा गरिनेछ।