banking jobs
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखी शाखा तथा सेवा बिस्तारमा ध्यान दिंदा व्यवस्थापन पढेका बेरोजगार युवा जनशक्तिले समेत जागिरको उस्तै अवसर पाउन थालेका छन् । यही क्रममा सिद्धार्थ बैंक र पोखरा फाइनान्सले समेत जागिरको लागि अवसर खुलाएका छन् ।
सिद्धार्थ बैंक लिमीटेडले निकट भविष्यमा बिस्तार हुन लागेका १५ वटा शाखा कार्यालयका लागि ६ वटा पदमा दर्जनौ कर्मचारी मागेको छ । यो बैंकले कनिष्ठ प्रशिक्षार्थी सहायक, कनिष्ठ सहायक(१), कनिष्ठ सहायक(२),सहायक, वरिष्ठ सहायक र सुपरभाइजरजस्ता पदमा दर्जनौ कर्मचारीका लागि अवसर खुलाएको हो । सबै पदमा फ्रेस जनशक्ति मागिएको छ ।
इच्छुुकहरुले आगामी मंसिर १५ गतेभित्र तोकिएका स्थानमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
सुपरभाइजर बाहेका अन्य सबै पदका लागि दश जोड दुुई उत्तीर्ण गरेकाहरुले आवेदन दिनसक्ने बताइएको छ । सुपरभाइजर पदका लागि चाहि स्नातक उत्तीर्ण हुनुपर्ने बताइएको छ । बैंकले प्रकाशन गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ:
उता, पोखरा मुख्य कार्यालय रहेको पोखरा फाइनान्स लिमीटेडले ४ वटा पदमा कर्मचारी मागेको छ । यो फाइनान्स कम्पनीले भैरहवाको सिद्धार्थनगर शाखाका लागि ब्राञ्च म्यानेजर, क्रेडिट र मार्केटिङ शाखाका लागि असिस्टेन्ट वा सिनियर असिस्टेन्ट, पोखरा र भैरहवाका लागि जुनियर असिस्टेन्ट र काठमाण्डौ सुन्धाराका लागि एकजना म्यासेञ्जर पदमा जागिरको अवसर खुलाएको हो । जुनियर असिस्टेन्टमा फ्रेस जनशक्तिले आवेदन दिनसक्नेछ भने ब्राञ्च म्यानेजर र सिनियर असिस्टेन्ट पदका लागि भने अनुुभव समेत तोकिएको छ । यो कम्पनीले प्रकाशन गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago