काठमाण्डौ । वात्सल्य हिजो​ कृष्णजन्माष्टमीका दिनबाट ५ औँ वर्षमा प्रवेश गरेको छ। 

वार्षिकोत्सवका अवसरमा भदौ मसान्तसम्म प्रजनन् जाँचका लागि आउने दम्पतीका लागि वात्सल्यले निःशुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउन्डको व्यवस्था गरेको छ। लामो समयदेखि सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पतीका लागि यस निःशुल्क योजनाले आधुनिक प्रजनन् सेवासम्बन्धी बुझ्न र सन्तान प्राप्तिको सम्भावना पहिल्याउन मद्दत पुर्याउने विश्वास वात्सल्यले लिएको छ।

प्रजनन् उपचारमा अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधा नेपालमै प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले निरन्तर उच्च आईभीएफ सफलता दर हासिल गर्दै आएको छ। हालसम्म वात्सल्यमा करिब ३ हजार दम्पतीले आईभीएफ, आईयूआई तथा अन्य उपचार विधिबाट सफलतापूर्वक सन्तान प्राप्त गर्न सफल भएका छन्। ६०–७०% औसत सफलता दर हासिल गर्दै आएको यस क्लिनिकले गत जुलाईमा ७१% को सर्वाधिक आईभीएफ सफलता दर प्राप्त गर्यो। यो विश्वव्यापी मापदण्ड (३०–४०%) भन्दा धेरै माथि हो। 

आईभीएफमार्फत सन्तान प्राप्तिको सम्भावाना उच्च रहेको भए पनि  नेपाली समाजमा प्रजनन् स्वास्थ्यसम्बन्धी खुलेर कुरा गर्ने परिपाटी नभएका कारण मानिसहरु आधुनिक गर्भधारणका सम्भावनासम्बन्धी अनभिज्ञ छन्। त्यसका लागि वात्सल्यले विभिन्न सामाजिक सञ्जालमार्फत निरन्तर रुपमा जानकारीमूलक सामग्री राख्दै आएको छ। सीधै चिकित्सकसँग प्रश्न सोध्न मिल्नेगरी फेसबुक लाइभ गर्ने गरेको छ। यसका साथै युट्युब भिडियो, टिकटक आदिका माध्यमबाट सचेतना फैलाउने कार्यलाई पनि निरन्तरता दिँदै आएको छ।