काठमाण्डौ । कैलाश विकास बंैकले आर्थिक बर्ष २०७५÷७६ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १८.७७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

जस मध्ये चुक्ता पुँजी रु २,५२,०६,३६०००।०० ( अक्षरेपी दुई अर्ब बाउन्न करोड छ लाख छत्तीस हजार मात्र) को १६ प्रतिशतले हुन आउने रकम रु ४०,३३,०१,७६०।०० (अक्षरेपी चालिस करोड तेत्तिस लाख एक हजार सात सय सठ्ठी मात्र) बराबरको बोनस शेयर र २.७७ प्रतिशतले  हुन आउने रकम रु ६,९८,२१,६१७।२० (अक्षरेपी छ करोड अन्ठानब्बे लाख एक्काईस हजार छ सय सत्र रुपैयाँ बिस पैसा मात्र) बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी जम्मा रु ४७,३१,२३,३७७।२० (अक्षरेपी सत्चालिस करोड एकतिस लाख तेईस हजार तिन सय सतहत्तर रुपैया बिस पैसा मात्र) बराबरको लाभांश बाड्ने बैक सञ्चालक समितिको सोमबार बसेको  बैठकले प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए । 

 उक्त लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृति भई  आगामी २६औं बार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरिने छ । विकास बंैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार कैलाशले प्रस्ताव गरेको यो लाभांस विकास बैकहरुमध्ये सबैभन्दा धेरै हो ।