काठमाण्डौ । विगत १३ वर्षदेखि विज्ञापन व्यवसायी रुपमा कार्यरत इम्प्रेसन ए क्रिएटिभका सञ्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित भएका छन्। 

सिजन मिडियाले संबिधान दिवस २०७८ का अवसर पारेर नेपालका विविध छेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई सो अवार्ड प्रदान गरेको छ। लामो समयदेखि विज्ञापन व्यवसायमार्फत विज्ञापन बजारमा पुर्याएको योगदानको कदरस्वरुप ढुंगेललाई लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रियसभाका अध्यक्ष्य गणेशप्रसाद तिमिल्सिनाले डिजिटल एड्भरटाइजिङ एक्स्पर्ट अवार्डद्वारा सम्मान प्रदान गरेका थिए। 

लगभग साढे दुई दशकअघि आफ्नो उच्च शिक्षाका निम्ति सिन्धुलीबाट काठमाण्डौसम्मको यात्रा तय गरेका ढुंगेलले जीवनमा थुप्रै संघर्ष पार गरेका छन्। तसर्थ, अगाडी बढ्ने दृढता भएका ढुंगेल अहिले नेपालका थुप्रै नम्बर १ कोर्पोरेट कम्पनीहरुसंग आबद्ध भई काम गर्दै आएका छन्। ‘आफू विज्ञापन छेत्रमा खुसी भए पनि सफल भएको छैन’, ढुंगेलले भने, ‘यो मार्केटलाई मैले अझै धेरै नया कुरा दिन सक्छु।’ 

सिजन मिडियाले ढुंगेलसहित देशभरबाट ३० जनालाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरेको छ।