काठमाण्डौ । इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालि (ब्रोकर नं. ५३)ले वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको छ।
इन्भेस्टमेन्ट म्यानेजमेन्टले ललितपुरको लगनखेलस्थित नेस्फिल्ड इन्टरनेसनल कलेजसँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको हो।
यस सहकार्यका लागि इन्भेस्टमेन्ट म्यानेजमेन्ट र नेस्फिल्ड इन्टरनेसनल कलेजबीच सम्झौता भएको छ। सम्झौतापत्रमा इन्भेस्टमेन्ट म्यानेजमेन्टका तर्फबाट कम्पनी सचिव खर्गबहादुर तामाङ र नेस्फिल्ड इन्टरनेसनल कलेजका तर्फबाट प्रिन्सिपल अरुणकुमार केसीले हस्ताक्षर गरेका छन्।
नेस्फिल्ड इन्टरनेसनल कलेजका विद्यार्थीलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने कम्पनी सचिव तामाङले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19