काठमाण्डौ। रिपब्लिक अफ आइसल्याण्ड सरकारले विदुषी राणालाई नेपालका लागि वैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।

उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहीबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
 

अवैतनिक वाणिज्यदूतको हैसियतमा राणाले नेपाल र रिपब्लिक अफ आइसल्याण्ड बीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोग बढाउने बताइएको छ ।

राणा किरण सुज (गोल्डस्टार शूज) का कार्यकारी निर्देशक हुन् ।

उनले आगामी दिनमा नेपाल–रिपब्लिक अफ आइसल्याण्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् ।