काठमाण्डौ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस कोभिड १९ प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल सञ्चालन गरेको छ ।
चितवन चेम्बर अफ कमर्सले १० हजार मास्क वितरण गरेको छ भने खैरहनी नगर चेम्बर अफ कमर्सले १४ सय ५० माक्स नगरपालिकालाई र ५ सय ३० माक्स इलाका प्रहरी कार्यालय खैरहनीलाई वितरण गरेको बताएको छ ।
यसैगरी चेम्बर अफ कमर्स जाजरकोटले स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेको जिल्ला अस्पतालमा हात धुने धारा निर्माण गरेको जनाएको छ । कमर्सले आफ्नै लगानीमा जिल्ला अस्पतालमा हात धुने धारा निर्माण गरेको दाबी गरेको छ ।