काठमाण्डौ । कांग्रेसका नेता विमलेन्द्र निधि समेत डेञ्जर जोनमा परेका छन् । उनीविरुद्ध राजेन्द्र महतोले मतअन्तरले फराकिलो बनाउँदै लगेका छन् । 

पछिल्लो अपडेट अनुसार धनुुषा क्षेत्रनम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका महतोले २० हजार ४३ मत ल्याएका छन् । उनलाई विमलेन्द्र निधिले १८ हजार ३ सय ४० मतले पछ्याइरहेका छन् । 

सुरुवाती मतगणनाको क्रममा महतोसँग निधिको मतअन्तर निकै कम थियो । तर, पछिल्लो समय महतो मतअन्तरलाई बढाउँदै अगाडि बढेका छन् ।