विराटनगर  । विराटनगरको नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अब एनसीसी बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न मिल्ने भएको छ।

एनसीसी बैंकले अटो चालकलाई क्यूआर कोड उपलब्ध गराएपछि डिजिटल भुक्तानी गर्न मिल्ने भएको हो। आज शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन्। नगदरहित कारोबार सुरु भएको बताउँदै गर्भनर अधिकारीले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रहसमेत गरेका छन्।

केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको हो।