विराटनगर । सनराइज बैंकले विराटनगरमा चल्ने टेम्पो र ई–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ।
उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछीस्थित केशरीचन्द भवरलालको टेम्पो बिक्री केन्द्रबाट सनराइज बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले गरेका छन्। प्रथम चरणमा ७० वटा टेम्पो र ई–रिक्सामा क्यूआर वितरण गरिएको बैंकले जनाएको छ।
टेम्पो तथा ई–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन्।
नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ता यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन्। डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढंगले अगाडि बढाइरहेको बैंकले जनाएको छ।
यसै सिलसिलामा बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालगंज विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार–धनगढी, दक्षिणकाली मन्दिर परिसरको बजार, काठमाण्डौलगायत देशभरिका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19