काठमाण्डौ। नेपालमा कोभिड १९ को संक्रमणविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ।
भीजी फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र अन्उ उच्च अधिकारीहरुको उपस्थितिमा ५०० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), २०० थान इन्फ्रारेड थर्मोमिटर र ८ हजार ९५० थान एन९५ मास्क हस्तान्तरण गरेको हो। ‘फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्रगतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ,’ विशाल ग्रुपको व्यवस्थापनले भनेको छ, ‘हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ।’
यो विषम परिस्थितिमा विशाल ग्रुप देशको साथमा छ र आफ्नो स्रोत र सीपका माध्यमबाट देशलाई सहयोग गर्न प्रतिबद्ध रहेको र भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर रहेको विशाल ग्रुपले जनाएको छ।
समाज र देशप्रतिको जिम्मेबारी बहन गर्दै भीजी फाउन्डेसनले निमुखा वर्गलाई खाद्यान्न र काठमाडौं उपत्यकाभित्रका अस्पतालहरुमा स्यानिटाइजर र सर्जिकल मास्क वितरण गर्दै आएको छ। विशाल ग्रुपले कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकार चालेका कदमहरुको समर्थन गर्ने जनाएको छ। ‘हामी सर्वसाधारण जनतालाई प्रतिबन्ध लकडाउनको पूर्ण पालना गर्न अपिल गर्न चाहन्छौं’, विशाल ग्रुपले भनेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago