काठमाण्डौ । भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा भोलि शुक्रबारबाट आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएको छ ।
उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले गरेका छन् । वरिष्ठ उपाध्यक्ष अग्रवालले सम्मेलनको पहिलो दिनको सत्रमा “लघु, घरेलु, साना र मझौला”उद्योगहरुको महत्व सहित नेपाल उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावनाका विषयमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
परिसंघका अनुसार आयोजक टाइमस् अफ इण्डियाको निमन्त्रणामा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दूगडले समेत उक्त सम्मेलनमा अतिथिको रुपमा र उक्त मन्त्रालयका उपसचिव श्रीधर गौतमले भाग लिने भएका छन् । प्राप्त जानकारी अनुसार राज्यमन्त्री दूगडले उक्त सम्मेलनको दोस्रो दिनको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
दिल्ली भ्रमणको क्रममा राज्यमन्त्री दूगडहित परिसंघको प्रतिनिधि मण्डलले भारतको फिक्की र पी एच्डीसीसीआईका पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन् । उक्त भेटवार्ताका अवसरमा नेपाल–भारत बीचमा लगानी विस्तार, व्यापार प्रवद्र्धन एवम् पारवहनका क्षेत्रको विद्यमान वस्तुस्थितिको समीक्षासहित दुवै देशका सरकार र निजी क्षेत्रका संस्था बीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने बारे छलफल हुने विश्वास गरिएको छ ।
परिसंघको उक्त प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा परिसंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक राजबहादुर शाह र परिसंघका निर्देशक हिमाल न्यौपाने रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago