काठमाण्डौ । विश्व वातावरण दिवसका अवसरमा आज सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘इन्धन बचाऊ पृथ्वी बचाऊ’, ‘साइकल चलाऊ इन्धन बचाऊ’ जस्ता नाराका साथ साइकल र्‍यालीको आयोजना गरेको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा संवोधन गरेपश्चात साइकल र्‍यालीको सुरुआत गरिएको थियो। 

बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको साइकल र्याली भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावरहुँदै सांग्रिला डेभलपमेन्ट बैंक बालुवाटारमा पुगेर सम्पन्न भएको थियो। र्‍यालीमा  बैंकका संस्थापक र सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा अन्य कर्मचारीको बाक्लो उपस्थिति थियो। 

इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवातजावत गर्दा विद्युतीय सवारीसाधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारीसाधनको प्रयोग, साइकलको प्रयोग तथा हिँडेर कार्यालय आवतजावत तथा कार पुलिङ गर्न उत्पे्ररित गरिरहेको बैंकले आयोजना गरेको यस साइकल र्‍यालीमार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) वचाउनका लागि विभिन्न विकल्पकहरुको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी गराइन्छ। 

देशमा इन्धनको खपत सक्दो कम गरी वातावरणलाई सफा स्वच्छ राख्नका लागि विभिन्न किसिमका कार्यक्रम तथा शिविरमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘सेभ फ्युल च्यालेन्स’ भन्ने नाराका साथ बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमलाई बैंकले निरन्तरता दिँदै जाने व्यहोरा जानकारी गराइन्छ।

समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँट्टा थप्ने उद्देश्यले ‘इन्धन बचाऊ पृथ्वी बचाऊ’, ‘साइकल चलाऊ इन्धन बचाऊ’ भन्ने नाराका साथ वातावरण दिवसका दिन आयोजना गरिएको यस साइकल र्‍यालीमा सम्पूर्ण व्यक्तित्वहरुको उत्साहपूर्वक सहभागिता थियो।