काठमाण्डौ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जमा राजपाले सुरुवाती अग्रतालाई कायमै राखेको छ । सुरुवातमा झै एमालेले पनि पाँचौ स्थानबाट आफूलाई सुधार गरी अगाडि बढाउन सकेको छैन । 

पछिल्लो मतपरिणाम अनुसार वीरगञ्ज महानगरपालिकामा राजपाका मेयरका उम्मेद्वारले १६८३ र उपमेयरले १६५१ मत प्राप्त गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसले मेयर र उपमेयरमा १४७५ र १५६३ मतले पछ्याइरहेको छ । 

तेश्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले मेयरमा ७९० र उपमेयरमा ८८० मत प्राप्त गरेको छ । 

चौथो स्थानमा रहेको माओवादी केन्द्रले मेयरमा ६२६ र उपमेयरमा ५०६ मत प्राप्त गरेको छ । 

दुुई चरणको निर्वाचनमा पहिलो पार्टी बन्न सफल एमाले चाहि वीरगञ्जमा दयनीय अवस्थामा छ । पाँचौ स्थानमा रहेको एमालेले मेयर र उपमेयरमा क्रमशः ५७७ र ६४८ मत मात्र प्राप्त गरेको छ ।