काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तर्क्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ।
उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा छलफल भएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मिति गत पुस २३ गते प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा प्रदेश नं. २ को वीरगन्जमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा लगानीकर्ताको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह–सुझाव समेत प्रदान गरेका थिए।
यसअघि यस्तै अन्तर्क्रिया कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा र लुम्बिनी प्रदेशको नेपालगन्जमा पनि सम्पन्न भएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago