काठमाण्डौ। नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताललाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारका लागि चिकित्सा उपकरणहरु खरिद गर्न रु. २५ लाख रुपैयाँ प्रदान गरेको छ। 

डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राना र नेपाल तथा म्यानमार व्यापार प्रमुख एचएस बेदीले वीर अस्पताल परिसरमा आज आयोजित एक कार्यक्रमबीच उक्त आर्थिक सहयोग प्रदान गरिएको हो। डा अनुपमा कार्की र प्राडा मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो। 

कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने, ‘वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो। जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। अहिलेको विश्वव्यापी महामारीका समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ।’