काठमाण्डौ । केडिया अर्गनाइजेसनअन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालले ल्यामिनेसन प्लान्ट थपेको छ।
हालै वृज सेफ्टी ग्लासले आफ्नो पहिलेदेखि नै प्रख्यात र प्रभावशाली उद्योगमा ल्यामिनेसन प्लान्ट थपेको छ। जसले गर्दा यो अन्य कम्पनीभन्दा बढी र उच्च गुणस्तरको सेवा प्रदान गर्न र बजारको बढ्दो माग पूर्ति गर्न झन् सक्षम बनेको कम्पनीले जनाएको छ।
कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरी पूर्ण रुपमा कम्प्युटराइज्ड र स्वचालित उत्पादन लाइनसहितका अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएको छ। जसलाई नेपाली औद्योगिक परिदृश्यमा एक महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ।
कम्पनीका सबै उपकरण युरो मापदण्ड अनुसारका छन् र सीई प्रमाणित पनि छन्। यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा कम्पनी ढुक्क रहेको छ।
अध्यक्ष मनोज केडिया, निर्देशक गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया, र प्रबन्ध निर्देशक सत्यम केडियाको दूरदर्शी नेतृत्वमा वृज सेफ्टी ग्लास उद्योगले व्यापार सफलताका साथै राष्ट्रको विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई पनि निरन्तरता दिइरहेको छ। प्रबन्ध निर्देशक सत्यम केडियाले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्त रुपमा कार्यान्वयन गरी नेपालको उन्नतिमा योगदान पुर्याउन समर्पित रहेको बताए।
वृज सेफ्टी ग्लास उद्योगले निरन्तर वृद्धि र नवप्रवर्तन गरिरहँदा यो उच्च गुणस्तरका उत्पादन प्रदान गर्ने र उत्कृष्टतालाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतामा अडिग छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago