काठमाण्डौ । सर्च एजुकेसन नेपालले विद्यार्थीहरुको लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेसन पोर्टल र मोबाइल एपको सुरुआत गरेको छ। यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीलाई उनीहरूको व्यक्तिगत विद्युतीय उपकरणबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरु अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।

यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा searcheducation.com मार्फत उपलब्ध हुनेछ। यस एपले विद्यार्थीलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययानका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्यालाई समेत हटाउनेछ। 

यस एपको प्रयोगले विद्यार्थीलाई विभिन्न फाइदा हुने विश्वास सर्च एजुकेसन नेपालले लिएको छ। 

● कोर्स खोजः विभिन्न कलेज र युनिभर्सिटीहरुमा आफ्नो मनपर्ने कोर्सहरु खोज्न एवं सर्टलिस्ट गर्न सकिनेछ।
● कोर्सहरु तुलनाः सर्टलिस्ट गरिएका कोर्सहरुमध्ये विद्यार्थीले आफ्नो आवश्यकता, ज्ञान र सीपअनुसार तुलना गरी छनौट गर्न सकिनेछ। 
● कोर्सहरुका लागि आवेदनः कोर्सबारे निर्णय गरेपछि यस पोर्टलमार्फत आफूलाई मनपर्ने कलेज र युनिभर्सिटीहरुमा अनलाइनमार्फत आवेदन गर्न सकिनेछ र आफ्नो आवेदनको स्थितिबारे ट्रयाकसमेत गर्न सकिने छ।
●विशेषज्ञ काउन्सलरद्वारा  सहायता प्राप्त गर्न सकिने: आफ्नो आवेदन, चयन, यात्रा र थप सम्बन्धमा हाम्रा विशेषज्ञ सल्लाहकारहरुबाट सल्लाह पनि प्राप्त गर्न सकिनुका साथै सम्पूर्ण जानकारीहरु एसएमएस, ई–मेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिनेछ। यसका साथै कलेज युनिर्भसिटीहरुमा सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि अफर लेटर पठाएपश्चात विद्यार्थीले उक्त अफर लेटर स्वीकार गर्न र अन्य प्रक्रियाहरु सुरु गर्न सकिनेछ। 

उपरोक्त शैक्षिक सेवाहरुका अतिरिक्त आवास, भिसा, यात्रा नियमह र बीमा आदि बारे आबश्यक पर्ने कुराहरुबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न सकिनेछ। 

यस किसिमको सेवाले विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्थाहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज हुनुका साथै कलेजहरु र विश्वविद्यालयहरुसँग लागत, पाठ्यक्रम र छात्रवृत्तिसम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिनेछ।

सर्च एजुकेसन सन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो। यस संस्थाले भारत, नेपाल र चिलीमा पनि आफनो कार्यालय विस्तार गरेको छ।