काठमाण्डौ । सिराहाको लहान नगरपालिका १३ गढिया चोकस्थित अमिता ज्वेलर्सका सञ्चालक प्रदीप विश्वकर्मालाई लुटेराहरुको समूहले गत चैत २८ गते शनिबार गोली हानी हत्या गरी पसलमा रहेको सुनचाँदी र नगद लुटेको घट्नाप्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस घट्नाको घोर भत्र्सना गर्दै अपराधीलाई अविलम्व कानुनी कठघरामा ल्याई कडा कारवाही गर्न र क्षतिपूर्ति सहित लुटिएको धनमाल फिर्ता गराई पीडितलाई न्याय दिलाउन महासंघ सम्बन्धित निकायसँग माग गरेको छ। साथै, लुटेराहरुको आक्रमणबाट सख्त घाइते भएकी अमिता विश्वकर्माको स्वास्थ्योपचारको अविलम्ब उचित व्यवस्था गर्न पनि सरकारसमक्ष महासंघले माग गरेको छ।
व्यस्त बजारमा गोली हानी व्यवसायीको हत्या हुनु र अपराधीहरु लुटपाट गरी भाग्न सफल हुनुजस्ता घट्नाले शान्तिसुरक्षा कमजोर रहेको प्रस्ट हुने महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ। शान्तिसुरक्षाको कमीकै कारणले आभूषण व्यवसाय जोखिमपूर्ण बन्दै गएको अवस्थामा यस घट्नाले मुलुकभरका गहना व्यवसायीहरु आतंकित र थप त्रसित हुन पुगेका विज्ञप्तिमा जनाइएको छ।
शान्ति सुरक्षालाई थप प्रभावकारी तुल्याई व्यवसायीहरुको मनोवल बढ्ने अवस्थाको सिर्जना गर्न र यस्ता आपराधिक समुह र तिनीहरुका क्रियाकलाप माथि कडा नियन्त्रण गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19