बुटवल । हरेक व्यक्तिको एउटा सपना हुन्छ आफ्नै स्वामित्वको सुन्दर घर होस्। तर, घर बनाउन घडेरी हुनुपपर्यो, जुन सबैको नहुन सक्छ। 

यही कुरालाई मध्यनजर गरेर शाइन रेसुंगा डेभलपमेन्ट बैंकले घर बनाउने सपना साँचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ। असोज १ गते लन्च भएको यो कर्जा योजनामा बैंकले एकजनालाई अधिकतम १ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ। 

यो कर्जा २० वर्षे अवधिको हो। यो कर्जाको ब्याजदर बेसरेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैंकले जनाएको छ। कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन हुने छैन। खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैंकले थप कर्जा उपलब्ध गराउनेछ र उक्त थप कर्जाको रिस्क प्रिमियमसमेत २ प्रतिशतमात्र हुनेछ।

सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनी पेसासँग सम्बन्धित व्यक्तिहरुलाई लक्षित गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएको बैंकका कर्जा प्रमुख किरण नेपालले बताए। 

यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने नेपालले बताए। ‘धेरैजसो बैंकहरुले घर कर्जामामात्र फोकस गरेको सन्दर्भमा हामीले घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो सर्तलाई मध्यनजर गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएका हौँ’, कर्जा प्रमुख नेपालले भने, ‘नेपाल सरकारले समेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो कर्जा योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुंगा साबित हुने विश्वास बैंकले लिएको छ।’ 

यो कर्जामा रिस्क प्रिमियम न्यून दरमा रहेको र घडेरी किनेपछि घर बनाउन पनि बैंकले कर्जा दिने भएकाले पनि यो कर्जा सबैका लागि बरदान साबित हुने बैंकको विश्वास छ। 

२०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंक बनेको हो। बैंकको ५ वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा छन्। 

बैंकले गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एसिया डेभलपमेन्ट बैंकको उपाधि जितेको छ।