काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ।
अरुण एन्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोरनजिकै रहेको जय नेपाल होटेलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो। आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्यसहित ब्रान्डले नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘यो नयाँँ स्टोर खुलेपछि हाम्रा ग्राहकलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुनेछ। हामीलाई आशा छ, हाम्रा ग्राहक हाम्रो यो नयाँँ स्टोरमा आउनेछन् र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनेछन्।’
यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ। यो नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरुजस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन्। यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ। जसको फलस्वरुप मिको ग्राहकले थुप्रै फाइदा लिन सक्नेछन्।
रिटेल प्रक्रियाको हरेक चरणमा ग्राहकले ब्रान्डसँग सीधै अन्तरक्रिया गर्न पाउनेछन्। यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19