काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुने गरी  ‘स्योर-सट सेप्टेम्बर मेला’ लिएर आएको छ। 

यस अफरअन्तर्गत ग्राहकले तोकिएका रेडमी स्मार्टफोनको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरु निःशुल्क पाउनेछन्।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘हामी हाम्रा ग्राहकले यस सेप्टेम्बरमा शाओमीको ’स्योर(सट सेप्टेम्बर मेला’ मार्फत प्राविधिक आनन्दको अनुभव गर्नुहोस् भन्ने चाहन्छौँ। ग्राहकको निरन्तर सहयोगले उहाँहरुलाई केहि प्रदान गर्न उत्प्रेरित गरेको छ, त्यसैले हामीले यो रोमाञ्चक अफरहरू ल्याएका छौँ ! हामीलाई विश्वास छ की यी अफरले ग्राहकको खरिदहरुमा मूल्य मात्र थप्ने छैन तर समग्र शाओमी अनुभवलाई निखार्ने छ।’

यो अफरअन्तर्गत रेडमी ए२ र ए२+को हरेक खरिदमा ग्राहकले रेडमी इयरफोन निःशुल्क पाउनेछन्। त्यसैगरी हरेक रेड्मी १२सीको खरिद गर्ने ग्राहकले निःशुल्क रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन्। 

दुवै अफर सेप्टेम्बर १ मा सुरु भएर सेप्टेम्बर १५  मा समाप्त हुनेछन्। यो अफर रेडमीका नेपालभरका रिटेल आउटलेटमा उपलब्ध छ।