काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२सी नेपाली बजारमा सार्वजनिक गरेको छ।
रेड्मी १२सी, मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित बजेटमैत्री स्मार्टफोन हो। रेड्मी १२सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टतासँगै सहजता प्रदान गर्दछ।
लन्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रविन्दु हुन्, जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ। हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ। रेड्मी १२सी स्मार्टफोनमा मिडियाटेक हेलियो जी८५ चिपसेटका साथ साथै ५०००एमएएच ब्याट्री जडान गरिएको छ।’
मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित, रेड्मी १२सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ। ६ं५जीबीसम्म विस्तारित र्याम र १टीबी स्टोरेज एक्सटेन्सन भएको रेड्मी १२सी छिटो र छरितो हुनुका साथै उत्तरदायी प्रतिक्रिया प्रदान गर्दछ। यससँगै तपाइँको मनपर्ने भिडियो, फोटो, संगीत र खेलहरुका लागि पर्याप्त स्टोरेज पनि प्रदान गर्दछ। रेड्मी १२सीकोे ५०००एमएएच ब्याट्रीले तपाइँलाई कलिङ, गेमिङ र भिडियो प्लेब्याक सजिलैसँग पूरा दिन ब्याकअप दिने काम गर्दछ। न्यूनतम डिजाइनसंगै पछाडिपट्टि अवस्थित फिंगर प्रिन्ट सेन्सरले तपाइँको फोन अनलक गर्न छिटो, सजिलो र सुरक्षित बनाउद छ।
रेड्मी १२सीको इमर्सिभ डिस्प्ले र अद्वितीय डिजाइनको साथ प्रतिस्पर्धाबाट अलग देखिने गरी डिजाइन गरिएको छ। ६.७१ इन्चको ठूलो एचडीं डिस्प्ले भएको रेड्मी १२सीले तपाइँको मनपर्ने चलचित्र र खेलहरुलाई अझै जीवन्त रुप प्रदान गर्दछ। २०.६ः९ एस्पेक्ट रेसियो रहेको आकर्षक स्क्रिनले उत्कृष्ट अनुभवलाई सम्भव बनाउँदछ। यसका साथै रिडिङ मोडसंगै स्क्रिन नियाल्दा तपाईंको आँखाको सुरक्षा सुनिश्चित गर्दछ।
५०एमपीको मेन क्यामेरा सहितको रेड्मी १२सीले थप डिटेल र अधिक लाइट क्याप्चर गर्ने क्षमता राख्दछ। जसले तपाइँलाई कुनै पनि समय र अवस्थाहरुमा अविस्मरणीय क्षणहरु छुट्न बाट बचाउँदै स्पष्ट रुपमा रेकर्ड गर्न समर्थ बनाउँदछ। उज्यालो शटहरुदेखि रात्रि दृश्यहरु खिच्दासम्म शक्तिशाली एचडीआर र नाइट मोड क्षमताहरुले चुनौतीपूर्ण परिस्थितिहरुमा पनि स्पष्ट शटहरु खिच्न सक्षम बनाउँदछ।
रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ। रेडमी १२सीको कुनै पनि भेरिएन्टको खरिदमा चैत २३ देखि वैशाख १७ सम्म रु ५०० छुट पाउन सकिन्छ।
रेड्मी ज्ञद्द ऋस् घन्द्यंघद्दन्द्य, द्धन्द्यंटद्धन्द्य, टन्द्यंज्ञद्दडन्द्य गरी तीन स्टोरेज भेरिएन्ट र तीन रङ( ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्द छ र यो फोनको मूल्य क्रमशः रु. १३ हजार ४९९, रु. १४ हजार ४९९ र रु. १६ हजार९९९ रहेको छ।
–१टीबी सम्म स्टोरेज विस्तारित गर्न सकिने
रेड्मी १२सी आज अप्रिल ६ देखि नेपालभरका सबै आधिकारिक मी स्टोरहरुमा उपलब्ध गराइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago