काठमाण्डौ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आक्रामक ढंगले शाखा विस्तारमा तीव्रता दिने योजना सार्वजनिक गरेको छ। 

हिजो काठमाण्डौ एयरपोर्ट होटेलमा सम्पन्न चालु आर्थिक वर्षको मध्यावधि समीक्षा कार्यक्रममा कम्पनीले यस्तो योजना सार्वजनिक गरेको हो। हाल कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङलगायतका सुविधाहरु काठमाण्डौ, हेटौँडा, बुटवल, चितवन र पोखरा शाखाहरुमार्फत प्रवाह गर्दै आएको छ।

कार्यक्रममा संस्थाको सम्पूर्ण शाखाहरुको अर्धवार्षिक व्यावसायिक समीक्षा गरिएको थियो। कार्यक्रममा उच्च व्यवस्थापन र शाखा प्रबन्धकहरुको सहभागिता थियो।      

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीले आगामी असार मसान्तसम्म ८० करोड चुक्तापँजी पुर्याउने योजना बनाएको छ।