काठमाण्डौ। पछिल्लो समय मञ्जुश्री फाइनान्स लिमिटेड शाखा विस्तारमा निकै आक्रामक देखिएको छ। 

पछिल्लोपटक फाइनान्सले एकैदिन नवलपुरको गैंडाकोट, चितवनको हाकिमचौक भरतपुर र पर्साबजार शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। मञ्जुश्री फाइनान्सको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यज्यूले ती शाखा कार्यालयहरु उद्घाटन गरेका छन्। 

काठमाण्डौको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाण्डौ, पाल्पारोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा, वीरगन्ज, मुर्गिया, योगीकुटी, मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए। यी थप ३ सहित शाखा संख्या १८ पुगेको छ। 

फाइनान्सले विप्रेषण, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ र एटीएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ।