काठमाण्डौ । शिखर शुज इन्ड्रस्ट्रिज प्रालिले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ।
कोरोना महामारीका कारण विगतमा बजार सुस्ताएको थियो भने पछिल्लो समय दैनिक जनजीवन धेरै मात्रामा सहज भएपछि कम्पनीले एकैपटक ४०–५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो। अहिले महिला, वृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ।
विगत २५ वर्षदेखि कम्पनीद्वारा उत्पादन गरी बजारमा बिक्रीवितरण गदै आइरहेको विभिन्न मोडलका जुत्ता तथा चप्पलहरु आमनेपाली ग्राहकमाझमा ल्याई देशवासी सबैको मनमा बस्न सफल शिखर शुका उत्पादन अत्यन्त हल्का र आरामदायी रहेको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए।
शिखर शुका स्पोर्टस शुहरु सम्पूर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मूल्यमा पाइने भएकाले धेरै नेपालीको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ।
विगत लामो समयदेखि विभिन्न किसिमका स्कुल शु, कलेज शु, पार्टीका साथै लेडिज शु उत्पादन गर्दै आएको नेपालको नम्बर १ फुटवेयर ब्रान्ड शिखर शुले आफ्ना ग्राहकको मागलाई ध्यानमा राखी ४०–५० भन्दा बढी मोडलका स्पोर्ट शु बजारमा ल्याएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19