 
                     
                                
                             
                                    काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पूर्ण बीमा क्षेत्रमै पहिलोपटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोगमार्फत आफ्ना बीमा सेवाहरु उपललब्ध गराउन सुरु गरेको छ।
कोरोना महामारीको वर्तमान परिप्रेक्ष्यमा बीमा कम्पनीहरुसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा ग्राहकले अब कम्पनीसम्म नगइकनै फेसबुक मेसेन्जर र भाइबरबाट कम्पनीका विभिन्न सेवाहरु लिन सक्ने कम्पनीले जनाएको छ। यसका लागि फेसबुक मेसेन्जरमा लगइन गर्नुपर्नेछ भने भाइबरमा कम्पनीको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। इन्टरनेट पहुँच रहेका ग्राहका लागि च्याटबट सेवा अति नै सहज, सरल र प्रभावकारी हुने कम्पनीको विश्वास छ। यस च्याटबटमार्फत ग्राहकले आफूले लिन चाहेका सेवाबारे जानकारी दिनासाथ शिखर इन्स्योरेन्सको सम्बन्धित विभागले ग्राहकलाई सम्पर्क गर्नेछन्। यसले गर्दा ग्राहकको समय बचत हुनुका साथै इच्छाअनुसार सेवा तत्कालै लिन पाइने कम्पनीको भनाइ छ।
ग्राहकले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नवीकरण, बीमा सम्पुष्टि, केवाईसी अपडेटजस्ता सेवाहरु लिन सक्नेछन्। साथै, आफ्ना सुझावहरुसमेत दिन सक्नेछन्। यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्राहकले सोही माध्यमबाटे बीमालेख प्राप्त गर्न सक्ने व्यवस्थासमेत मिलाउने कम्पनीले जनाएको छ।
कोभिडका कारणले सम्पूर्ण विश्व नै प्रैभावित भइरहेको अवस्थामा यस किसिमको सेवा सुरुआतसँगै ग्राहकले अब घरमै बसी सुरक्षित तरिकाले बीमा सेवाहरु लिन सक्ने र ससाना कुराका लागि कम्पनी धाउनुपर्ने बाध्यताको अन्त्य हुने कम्पनीले विश्वास लिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19