काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शिवम् सिमेन्ट लिमिटेडले ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत वर्ष यही अवधिको तुलनामा १६.१३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमासमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ। यो गत वर्षको यही अवधिको तुलनामा ९.३६ प्रतिशतले कम हो। गत वर्ष यस्तो आम्दानी ४ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको अन्य स्रोतबाट हुन आम्दानी भने १६५.३० प्रतिशतले बढेर ३ करोड ४८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी १ करोड ३१ लाख रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २६.८० रुपैयाँ रहेको छ। पीई रेसियो ६१.९३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०३.८३ रुपैयाँ रहेको छ।