काठमाण्डौ । देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्ट्स लिमिटेडले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।

कम्पनीले आफ्नो उद्योग सञ्चालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो। श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थीका लागि स्वेटर तथा ट्याकसुट वितरण गरेको हो। ‘विगतका दिनहरुमा पनि हामीले उद्योग सञ्चालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री तथा शैक्षिक छात्रवत्तिहरु वितरण गर्दै आहिरहेका थियौँ’, कम्पनीका प्रतिनिधि भन्छन्, ‘यसै सिलसिलामा यसपटक हामीले चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस् भन्ने अभिभ्रायले विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरेका हौँ।’

कम्पनीले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सिविर, विपन्न परिवारका लागि खाद्यान्न वितरण, आइसोलेसन बेड निर्माणका लागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयरुमा छात्रवृत्ति, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, वृक्षारोपणजस्ता कार्यहरु गर्दै आइरहकेको छ।

क्वालिटका मामलामा नो कम्प्रोमाइज भन्दै गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण गर्दै देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको कम्पनीले हालमात्रै सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने ‘एनएस क्वालिटी अवार्ड–२०१९’ बाट पुरस्कृत हुन सफल भएको छ। ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट्सले गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो।
‘गुणस्तरको पहिचान हो शिवम’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटीका मामलामा नो कम्प्रोमाइज’ जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाका कारणले पहिलो स्थानमा रहन सफल भएको छ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

एनएस आईएसओ, आईएसओ, आईएसआई र र यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिह्नप्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ।