काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेड ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ। 

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो। हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी शिवम् सिमेन्टलाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो। 

सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट योसँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै  पहिलो र एकमात्र ब्रान्ड बन्न सफल भएको हो। अब हालसम्म उत्पादित सिमेन्टमध्ये शिवम् सिमेन्टमात्रै यस्तो ब्रान्ड हो, जुन एनएस–७५२ प्रमाणीकरण भई ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्न योग्य छ।

निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ बाट सम्मानित भएको शिवम् सिमेन्टले गुणस्तरीय उत्पादनकै प्रतिफलस्वरुप फेरि एनएस–५७२ को अनुमति तथा मान्यताप्राप्त गरी नेपालकै पहिलो र एकमात्र  ४३ ग्रेडको सिमेन्ट उत्पादक भई आफ्नो निरन्तर गुणस्तरीय उत्पादनलाई प्रमाणित गरेको छ। यो सफलतासँगै शिवम् सिमेन्टले आफूप्रति सबैले गरेको भरोसाले बनेको यो सम्बन्ध युगौँयुग अटुट रहिरहने प्रतिबद्धता जाहेर गरेको छ। 

योभन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रमाणीकरण गर्दै आइरहेको थियो। जसअन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए।

नेपालमा एनएस–४९ को मापदण्डअनुरुप उत्पादन तथा बिक्रीवितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो। अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्न एनएस–५७२ प्रमाण्ीाकरण गर्नु अनिवार्य छ। जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुंगा, कच्चापदार्थ, उत्पादन प्रक्रिया, उत्पादित क्लिङ्कर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परीक्षणसमेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणीकरण गर्ने प्रक्रिया रहेको छ।

क्वालिटीको मामलामा ‘नो कम्प्रोमाइज’ भन्दै देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको छ। ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको छ।

“गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटीको मामलामा नो कम्प्रोमाइजजस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेटप्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।