काठमाण्डौ । नेपालमै पहिलोपटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एनएस–५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ। 

शिवम् यसअघि ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो। ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै शिवम् सर्वोत्कृष्ट ओपीसी सिमेन्ट उत्पादन साथै बिक्रीवितरण गर्ने तथा एनएस क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ।

ओपीसी सिमेन्टमात्रै उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ बाट सम्मानित भएको थियो। शिवम् सिमेन्टले गुणस्तरीय उत्पादनकै प्रतिफलस्वरुप फेरि एनएस–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमतिसँगै आफ्नो निरन्तरको गुणस्तरीय उत्पादनलाई प्रमाणित गरेको छ। यस घडीमा शिवम् सिमेन्टले आफूप्रति सबैले गरेको भरोसाले बनेको यो सम्बन्ध युगौँयुग अटुट रहिरहने प्रतिबद्धता जाहेर गरेको छ। 

योभन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रामाणीकरण गर्दै आइरहेको थियो। जसअन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए। नेपालमा एनएस ४९ को मापदण्डअनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो। अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्न एनएस–५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ। जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुंगा, कच्चापदार्थ, उत्पादन प्रक्रिया, उत्पादित क्लिंकर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परीक्षणसमेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणीकरण गर्ने प्रक्रिया रहेको छ। 

देशका विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको हो। ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको छ।

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटीको मामलामा नो कम्प्रोमाइज’’ जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाका कारणले पहिलो स्थानमा रहन सफल भएको छ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सिर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै जनाएको छ।