काठमाण्डौ। शिवम् सिमेन्ट लि.ले पोखरा सहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माण कर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रममा ५०० बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ। 

ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीका लागि रु. ५ लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बागलुङलगायत जिल्लाका विभिन्न १० स्थानमा ५०० बढी निर्माणकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो। 

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १ हजार ५०० बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरिसकेको छ। ती अन्तर्क्रियामा निर्माणकर्मीहरुलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ। 

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानमा नियमित रुपमा निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ। 

पहिलो चरणअन्तर्गत शिवम् सिमेन्टले भदौ तथा असोजमा काठमाण्डौ, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरीलगायतका जिल्लाका विभिन्न १६ स्थानमा १  हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तरुक्रिया गरी उनीहरुको जोखिम बीमा गराइसकेको कम्पनी प्रतिनिधिले बताएका छन्। 

शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवासमेत दिँदै आहिरहेको छ। निःशुल्क दक्ष प्राविधिक सेवा लिनका लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एनटीसी) ९८०१५७५५७५ (एनसेल) मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। 

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहे हुनाले जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो। देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रियाा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुका लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो। ती कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरक, उद्योगी, व्यवसायीलगायतका उपस्थिति थियो। 

शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका बिक्रेताहरुसँगको समन्वयमा यस अन्तर्क्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ। 

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटीको मामलामा नो कम्प्रोमाइज” जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ। देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो।

ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।