काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा. सुरेन्द्रकुमार गोयललाई फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटी (ईआईयू)ले प्रोफेसनल डक्टरल सर्टिफिकेट इन बिजनेस म्यानेजमेन्टमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ।
कुशल व्यवस्थापन र व्यावसायिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै आज फागुन १३ गते थाइल्यान्डमा आयोजित एक समारोहबीच गोयललाई मानार्थ विद्यावारिधि प्रदान गरिएको हो।
गोयल स्थापनाकालदेखि नै शिवम् सिमेन्ट लिमिटेडमा आबद्ध रही शिवम् सिमेन्टलाई छोटो समयमा ग्राहक माझ लोकप्रिय ब्रान्ड बनाउन सफल भएका छन्। उनको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा नै शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवं गुणस्तरीय ब्रान्ड बन्नुका साथसाथै सर्वसाधारणमा सेयर निस्काशन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19