काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २० करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.९४ प्रतिशतले बढी हो।

यो अवधिमा कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी भने ३०.४६ प्रतिशतले घटेर १ अर्ब ५३ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीले सिमेन्ट बिक्रीबाट २ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको थियो। 

यो अवधिमा कम्पनीको अन्य आम्दानी बढेर ३१ करोड ३४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ९३ लाख ६० हजार रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको कच्चा पदर्थको खपतमा भएको खर्च १ अर्ब २४ करोड रुपैयाँबाट घटेर ५८ करोड ३० लाख रुपैयाँमा झरेको छ। यसैगरी विद्युत तथा ऊर्जाको खर्च ४८ करोड २४ लाख रुपैयाँबाट घटेर ३९ करोड १५ लाख रुपैयाँमा झरेको छ। 

चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ।  

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २४.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१६.०९ रुपैयाँ र तरलता अनुपात १.५७ प्रतिशत रहेको छ।