काठमाण्डौ । शिवम्  सिमेन्टले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ दि इअर–२०२२’ अवार्ड प्राप्त गरेको छ। 

शिवम् सिमेन्टलाई न्यु बिजनेश एज प्रालिले सातौँ न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्डअन्तर्गत मंसिर २६ गते सोमबार काठमाण्डौमा आयोजना गरेको सातौँ न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक–फरक सातवटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरुमध्ये  शिवम् सिमेन्टले उक्त अवार्ड पाएको हो। 

यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको छ। ५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूलठूला परियोजनाहरुका साथै अनेकौँ संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ। 

कम्पनीको एउटा सबल पक्ष त्यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजारभन्दा बढी सेयरहोल्डर एवं कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक–पटक विभिन्न तवरबाट सम्मानित हुँदै आइरहेको छ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवासमेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआईएस (आईएआई), यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट्स प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।