काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडका भाइस प्रीसीडेन्ट(भीपी) एवं सेल्स एण्ड मार्केटिङ प्रमुख निखिल अग्रवाल श्री महात्मा गान्धि राष्ट्रिय अभिमान पुरस्कार- २०२३ बाट सम्मानित भएका छन् ।

भारतको नयाँदिल्लीमा Brandman India PR & Promotion द्वारा आयोजित अवार्ड कार्यक्रममा उक्त पुरस्कारबाट उनी सम्मानित भएका हुन् ।

आयोजकले हरेक वर्ष  राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तरराष्ट्रिय प्रतिनिधिहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ । 

साथै उसले व्यापारिक क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पुर्‍याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिने गरेको  छ । 

अग्रवाल शिवम् सिमेन्टको स्थापना काल देखिनै निरन्तर कार्यरत छन् ।